राजनीति

एमालेका दोस्रो तहका नेताहरु छलफलमा

काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताहरु पार्टी एकताको लागि छलफलमा जुटेका छन् ।

विघटित एकता कार्यदलका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् ।सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच अहिले छलफल चलिरहेको छ ।

छलफलमा विघटित कार्यदलमा रहेका नेताहरु सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल सहभागी छन् ।

यस्तै एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि आजको छलफलमा सहभागी छन् ।

शुक्रबार संस्थापन पक्षले एकतर्फी रुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल विघटनको निर्णय लिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *