राजनीति

माधव नेपालसँग प्रचण्ड र विप्लवले भेटे

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकसाथ भेटेका छन् ।

नेपालको कोटेश्वस्थित निवास पुगेर प्रचण्ड र विप्लवले भेटेका हुन् । साथमा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।

भेटका अवसरमा वर्तमान राजनीतिक विषयमा छलफल भएको छ । भेटमा प्रचण्डले बृहत कम्युनिष्ट एकताको प्रस्ताव गरेका छन् । प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए ।

हिजो विप्लवले प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *