समाचार

गृहमन्त्री खाँडले सम्हाले कार्यभार

काठमाडौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले पदभार ग्रहण गरेका छन् । उनले बुधबार अपरान्ह गृह मन्त्रालयमा कार्यभार सम्हालेका हुन् । मंगलबार शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा खाँड गृहमन्त्रीमा नियुक्त भएका थिए ।

पदभार ग्रहण गर्दै गृहमन्त्री खाँडले कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीको सुरक्षा गर्ने राज्यको दायित्व भएको र यसका लागि विशेष प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पहिलाको सरकारले ल्याइसकेको बजेटलाई के गर्नेबारे विज्ञहरूसँग सल्लाह गर्ने पनि बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *