काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले विभाजन रोक्न खोज्दा केही राजनीतिक दलका नेताहरुले धम्की दिएको बताएका छन् ।
कार्यदलमा रहेर एमाले एकीकरणाका लागि गम्भीर प्रयास गर्दा आफ्नो बदनाम समेत भएको भन्दै नेता रावलले नेताहरुले धम्क्याएको जानकारी दिएका हुन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रावलले पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार भएको बताएका छन् ।






