समाचार

काँग्रेस उपसभापति गच्छादार अदालतमा उपस्थित

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छादार विशेष अदालतमा उपस्थित भएका छन् । भ्रष्टचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति गच्छादारविरुद्ध विषेश अदालतमा मुद्दा दायर गर्दै जारी गरेको म्याद तामेली समय सकिएपछि उनी अदालतमा उपस्थित भएका हुन् ।

गच्छादारविरुद्ध अख्तियारले ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको भ्रष्टचार अभियोगमा २०७६ माघ २२ गते विषेश अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले गच्छादारसँगै चार मन्त्री तथा पूर्वसचिवसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।अदालतले पछिल्लो समय उनीविरुद्ध ३० दिनको हदम्याद जारी गर्दै उपस्थित हुन भनेको थियो । गच्छदार म्याद सकिसक्दा पनि अदालतमा हाजिर नहुदा अदालतले उनलाई उपस्थित हुन १५ दिनको म्याद दिएको थियो ।

गच्छदार अदालत हाजिर भएसँगै अब थुनछेक प्रक्रिया अघि बढ्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *