देश

दीपक मनांगेलाई खेलकुद मन्त्रालय, जसपाका आचार्य ऊर्जामन्त्री

काठमाडौं । गण्डकी प्रदेशका विना विभागीय मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनांगेले खेलकुद र जसपाका हरिशरण आचार्यले ऊर्जामन्त्रीको जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले एक महिनापछि गुरुङ र आचार्यलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । दुवैलाई पहिले नै सम्बन्धित मन्त्रालय दिइएको थियो । तर, भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन ।

यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनुपर्ने माग गर्दै आएका थिए । विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित दुई मन्त्रालय दिने सहमति गरे पनि सहमति तोडेपछि किचलो सुरु भएको थियो ।

मन्त्री नियुक्त भएदेखि मनांगेले आफूले भौतिक पूर्वाधार पाउनुपर्ने अडान लिँदै आएका थिए । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थको जिम्मा पाइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *