समाचार

भारतमा कोरोना संक्रमितको सङख्या १सय एघार दिन यताकै कम, साढे ३४ हजार संक्रमित थपिए, ५ सय ५३ जनाको मृत्यु

काठमाडौ । भारतमा पछिल्लो २४ घण्टामा ५ सय ५३ जनाको मृत्यु भएको छ । एक दिनमा ३४, ७०३ कोरोना संक्रमित भेटिएका छन् । यो पछिल्लो १११ दिनमा संक्रमितको संख्या सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरी हाल कूल सक्रिय संक्रमितको संख्या ४,६४,३५७ परेको छ ।

भारतमा निको हुनेको दर पनि बढेर ९७.१७ पुगेको छ । त्यस्तै संक्रमणको दर १. ५२ प्रतिशत रहेको छ ।

भारतमा हालसम्म कूल ३५.७५ करोड मानिसले भ्याक्सिनको डोज प्राप्त गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *