समाचार

सङ्खुवासभामा पहिरोबाट एक घरमा क्षति

किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिराले एक घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले बताए ।

आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले माथिल्लो तेन्छोङका उहाँको घर पूर्णरुपमा क्षति भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको टाउको र अनुहारमा चोट लागेको छ ।

पहिरोबाट उनको श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले जानकारी दिए । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *