समाचार

भारतमा कोरोनाबाट मृत्यु हुनेको आँकडा बढ्यो, २४ घण्टामा ९ सय ५५ जनाको ज्यान मृत्यु, ४३ हजार भन्दा बढी संक्रमित थपिए

भारत । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४३ हजार ७१ भन्दा बढी संक्रमित देखिएका छन् । त्यस्तै पछिल्लो १ दिनमा ९५५ कोरोना बिरामीको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा नयाँ संक्रमितको तुलनामा कोरोनाबाट निको हुनेको संख्यामा लगातार वृद्धि भएको छ । भारतमा राष्ट्रिय स्तरमा कोभिड–१९ बिरामीको निको हुने दर ९७।०९ प्रतिशत पुगेको छ ।

। पछिल्लो २४ घण्टामा ५२ हजार २९९ कोरोना बिरामी निको भएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पुनः वृद्धि देखिएको छ । यस्तै पछिल्लो एक दिनमा ९५५ कोभिड बिरामीको ज्यान गएको छ । यस अघि शनिबार जारी स्वास्थ्य मन्त्रालयको आँकडाका अनुसार ७३८ कोरोना बिरामीको मृत्यु दर्ता भएको थियो । त्यस्तै शुक्रबार पनि ८५३ कोभिड बिरामीले ज्यान गुमाएका थिए । भारतमा हाल कोरोनाका ४ लाख ८५ हजार सक्रिय संक्रमित छन् ।

एजेन्सीको सहयोगमा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *