लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनले यतिबेला माहोल बेग्लै बनाएको छ । एनआरएनए यूकेमा नयाँ नेतृत्वका लागि जुलाई ३१ मा निर्वाचन हुँदैछ ।
अध्यक्षमा तीनजना प्रत्यासी छन् । उपाध्यक्षद्वय प्रेम गाहामगर, रोजिना प्रधान राई र इग्ल्यान्ड राज्य परिषद्का सदस्य दिपक श्रेष्ठले नेतृत्व दाबी गरेका छन् । ११ हजार ६ सय ४१ सदस्य रहेको एनआरएनए यूकेमा उपाध्यक्षद्वयबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तेस्रो धारको नेतृत्व गरिरहेका श्रेष्ठलाई पनि कमजोर आक्न नमिल्ने विश्लेषकहरु बताउँछन् ।
गाहमगर र प्रधान वर्तमान कार्यसमितिको उपाध्यक्ष भएकाले उनीहरुको उम्मेदवारलाई स्वभाविक रुपमा हेरिएको छ । आफूलाई संस्थापन समूहको उम्मेदवार भनिरहेकी रोजिना चुनाव प्रचारमा युद्धस्तरमा लागेको बताइएको छ ।
एनआरएनए यूकेमा महिला नेतृत्व सफल ठानिएकाे ५ । त्यसैले रोजिनाकाे जीत लगभग सुनिश्चित जस्तै बनेको बताइन्छ ।




