दमौली । अविरल वर्षापछि आएको बाढीले तनहुँको छाब्दी दोभानको पक्की पुल बगाएको छ ।
बुधबार रातिदेखि आएको बाढीले ब्यास नगरपालिका–१ र वडा नम्बर १३ जोड्ने दोभानको पक्की पुल बगाएको हो । पुल बगाएपछि आवतजावत बन्द भएको छ ।
छाब्दी खोलाले पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदिलगायत स्थानका बासिन्दालाई समस्या भएको छ । पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।




