बागमती प्रदेश

बेथानचोक-५ च्यासिङ्खर्कमा स्वास्थ्य सामाग्री वितरण

काठमाडाैं । काभ्रेकाे बेथानचोक गाउँपालिका-५ च्यासिङ्खर्कमा स्वास्थ्य सामाग्री वितरण गरिएकाे छ । बिहीबार च्यासिङ्खर्कका ७ सय जनालाई सर्जिकल माक्स ,साबुन ,वार्डका लागि सेनिटाईजर बितरण गरिएको हाे ।

नेपाली कांग्रेसका युवा नेता भगवान अधिकारीको समन्वयमा कांग्रेसका नेता प्रचण्डराज प्रधानले आफैं उपस्थित भएर बितरण गरेका हुन । बेथानचोक-५ का वार्ड अध्यक्ष खजेन्ची लामालाई आपसका निम्ति समाजका अध्यक्ष जया प्रधानले आवश्यकता अनुसार कोभिडसंगै अन्य सामाग्री उपलब्ध गराएकाे बताएकी छन ।


च्यासिङ्खर्कको मदनवास लगायतका स्थानमा रुघाखोकीका बिरामी देखिएपछि स्वाब टेस्ट गरिएको र कोरोनामुक्त गाउँ बनेको छ । जनताको घर घरमै गएर वार्डले जनमुखी काम गर्न संस्थाले हौसला बढाएको लामाले बताउँछन् । यो समूहले बेथानचोक स्वास्थ केन्द्रसंगै रहेको कोभिड अस्पतालको अनुगमन गरि आवश्यक सहयोग गर्ने बताएको छ ।

सामाग्री बितरणमा स्थानीय समाजसेवीहरु गोबिन्द अधिकारी , सुकु तामाङ ,सन्त तामाङ ,बिष्णु दाहाल ,लाल कृष्ण फुयाल ,सुबर्ण लामा सानुकान्छी बिश्वकर्मा,भवप्रसाद फुयाल ,रवीन्द्रप्रसाद बडु लगायतको उपस्थित थियाे। आपसका निम्ति समाजले बेथानचोक गाउँपालिका अस्थायी अस्पतालको अवलोकन गरि आवश्यक सहयोग गर्ने जनाएको छ ।

ढुङ्गखर्क स्वास्थ चौकीका जनस्वास्थ्य निरीक्षक निर्मला गौतमले अस्पतालको पछिल्लो परिस्थिति जानकारी गराएकी छन भने कार्यालय प्रमुख दुर्गा पोखरेलले अन्य नगरबाट सिफारिस भएर आएका बिरामीको सफल उपचार गरि पठाउन सकेकाले कोभिड अस्पतालको स्थानीय तहमा बिस्वस्नियता बढेको बताएका छन् । स्वास्थकर्मी सुनिता परियार ,उत्तम अधिकारीलगायतले सहजीकरण गरेका हुन् । आपसका निम्ति समाज मेलम्चीको बाढीमा पनि उल्लेखनीय सहयोग उपलब्ध गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *