काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ । “अक्सिजन सपोर्ट हटाइएको छ,” उनले भने, “नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ ।”
चिकित्सकको भनाइ उद्धृत गर्दै भट्टराईले दिएको जानकारी अनुसार अहिले ज्वरो र खोकी हटिसकेको छ ।




