गुहाटी । भारतको मिजरोम राज्यका सबैभन्दा धेरै सन्तानका अभिभावक जियोना चानाको निधन भएको छ । मिजरोमका मुख्यमन्त्री जोरामथाङ्गाले टुइटरमा श्रद्धाञ्जली दिँदै उनको मृत्यु भएको पुष्टि गरे । ७६ वर्षीया चानाको हिजो आइतबार निधन भएको बीबीसी समाचार संस्थाले जनाएको छ ।
मधुमेय रोगबाट पीडित चानाको हृदयघातबाट निधन भएको थियो । उनको ३८ श्रीमति, ८९ छोराछोरी र ३६ नातिनातिना रहेको छ । पछिल्लो रिर्पोटअनुसार उनको ३९ श्रीमति, ९४ छोराछोरी र ३३ नातिनातिनासहित १८१ जनाको परिवार रहेको उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यमले सबैभन्दा ठूलो परिवारका अभिभावक बनाएर चानाले विश्व कीर्तिमान गरेको उल्लेख गरेका थिए ।





