काठमाडौं । गण्डकी प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ ।बैठक स्थगित गर्न सत्तारूढ एमालेले माग गरेपछि कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरिएको हो ।
जनमोर्चाका सांसद कृष्ण थापामाथि पार्टीले गरेको कारबाही सदनमा प्राप्त भएको सूचना पढेर बैठक स्थगित गरिएको छ ।नियमित कार्यसूचीमा प्रवेश गर्न लाग्दा एमाले सांसदहरु उठेर कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए ।




