समाचार

सत्यमोहन जोशी बिरामी, अस्पतालमा भर्ना

ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको हो ।

इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ । जोशीलाई बुधबार अस्पताल लगिएको हो ।

अस्पतालका अनुसार, डा. मिलेसजंग सिजापतिको नेतृत्वमा उपचार भइरहेको छ । जोशीलाई निमोनिया देखिएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *