राजनीति

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारबिरुद्ध परेको रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ, विरेन्द्रप्रसाद शाह र शालिकराम सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको पेशी खतिवडाको एकल इजलासमा परेको हो ।

प्रधानमन्त्री ओलीले जेठ २१ मा जसपाका महन्त ठाकुर पक्षलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेपछि उक्त विवाद अदालतमा पुगेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *