समाचार

भारतमा कोरोनाबाट मृत्य हुनेको संंङख्या ४५ दिन यताकै कम, २४ घण्टामा १ लाख ६ सय ३६ जना नयाँ संक्रमित थपिए

काठमाडौ । भारतमा गत २४ घण्टामा १ लाख ६ सय ३६ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । यो सगै देशभर २ करोड ८९ लाख भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै २४ घण्टामा २ हजार ४ सय २७ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो मृत्यदर गत ४५ दिनपछि कमी हो । यो सगै देशभर कोरोनाबाट मृत्य हने ३ लाख ४९ हजार १ सय ८६ पुगेको छ ।गत २४ घण्टामा देशभर ७६ हजार कोरोना संक्रमित निको भएका छन् । भारतभर हाल १४ लाख भन्दा बढी सक्रिय संक्रमित छन् । भारतमा २३ करोड २७ लाख भन्दा बढीले कोरोनाको खोप लगाइसकेका छन् । आइतबार मात्र १३ लाख ९० हजार भन्दा बढीले खोप लगाइसकेका भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धित गरि सिन्हवा समाचार लेखेको छ ।

समाचार एजेन्सी सिन्हवाको सहयोगमा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *