समाचार

भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या क्रम जारी, २४ घण्टामा १ लाख ३२ हजार ३ सय ६४ नयाँ कोरोनाका केस भेटिए

काठमाडौ । भारतमा हालसम्म कारोनाबाट २ करोड ८५ लाख ७४ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ३ सय ६४ नयाँ कोरोनाका केस भेटिएका छन् । देशभर हालसम्म ३ लाख ४० हजार ७ सय भन्दा बढीको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय १३ जनाको कोरोनाबाट ज्यान गएको छ । त्यस्तै देशभर अझै १६ लाख ३५ हजार भन्दा बढी संक्रिय संक्रमित छन् । जसमा गत २४ घण्टामा ७७ हजार ४ सय २० जना कोरोना संक्रमित निको भएका छन् । केही दिन देखी भारतमा संक्रमित घटिरेका छन् । हालसम्म भरतमा २ करोड २४ लाखले खोप लगाइसकेका समाचार एजेन्सी सिन्हाले जनाएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा कूल ३५ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ । बिहीबार एकै दिन २० लाख ७५ हजार नमुनाको परीक्षण गरिएको परिषदको भनाई छ ।

यसैबीच, भारतको स्वास्थ्य मन्त्रालयले देशभर २२ करोड ४१ लाख डोज खोप लगाइएको जनाएको छ जसमा एक डोज र दुई डोज लगाएका व्यक्ति सामेल भएको न्यज एजेन्सी सिन्हवाले लेखेको छ ।

सिन्हावाको सयोगमा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *