धरान । आक्रामक रुपले फैलिरहेको कोरोना महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले FineCare 3 Plus नामक मेशिन हस्तान्तरण गरेको छ ।
यस मेशिनवाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका विरामीको DDimer, CRP, PCT, IL6 लगायत अन्य चेक जांच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस मेशिनको मूल्य करिव नेपाली ८ देखि ९ लाख पर्ने बताइएको छ । यो मेशिन हालसम्म काठमाण्डौंस्थित गंगालाल अस्पताल, विराटनगरस्थित कोशी अञ्चल अस्पताल र अब धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र रहेको समेत जनाइएको छ ।
यी तीनै स्थानमा बीएसआर बायो टेकका लैनचौर काठमाण्डौंको सहयोगमा लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले हस्तान्तरण गरेको हो ।
बीएसआर बायो टेकका डाइरेक्टर दिपेश भण्डारीले महामारीको समयमा देशका विभिन्न ठाउंमा यो मेशिन पुर्याउन सके कोभिड उपचारमा धेरै सहज हुने भन्दै लायन्स मार्फत निःशुल्क सहयोग गरिरहेको बताए ।आगामी दिनहरुमा पनि यस्ता मेशिन र सहयोग देशका विभिन्न स्थानमा पुर्याउन लायन्स क्लब दिनरात प्रयासरत रहेको लायन्सका GAT एरिया लिडर लायन खगेन्द्र सिटौलाले बताए ।
यस अभियानमा लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटवाल,GAT एरिया लिडर लायन खगेन्द्र सिटौला, डिस्ट्रिक्ट गभर्नर लायन टंकबहादुर श्रेष्ठ लगायतको महत्वपू्र्ण भूमिका रहेको र लायन्स डिस्ट्रिक्ट ३२५ ए १ नेपालले पहिलो लकडाउन देखि नै काठमाण्डौं र विराटनगरमा आइसोलेसन सेन्टरको स्थापना गर्ने तथा अक्सिजन थेरापी सेन्टर सञ्चालन गर्ने जस्ता कार्यहरु गर्दै आएको डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन रेवतबहादुर कार्कीले बताए ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले लायन्सद्धारा हस्तान्तरण गरिएको मेशिन ग्रहण गर्दै यस विषम परिस्थितिमा अति उपयोगी र आवश्यक मेशिन उपकरण प्रतिष्ठानलाई हस्तान्तरण गरेर ठूलो सहयोग गरेको भन्दै लायन्सको कार्यको उच्च प्रशंसा गर्दै धन्यवाद पत्र समेत प्रदान गरे ।
लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटवालको संयोजीत तथा लायन लिडर धीरज गुरुङद्धारा सञ्चालित मेशिन उपकरण हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, कोभिड चीफ प्रा.डा. ज्ञानेन्द्र मल्ल, स्त्रीरोग विभाग प्रमुख डा. रोहित रिजाल(पप्पु), माइक्रोवायोलोजी प्रमुख डा. नारायण भट्टराई, सेकेण्ड भाइस गभर्नर इलेक्ट लायन नरनाथ सापकोटा, लायन लिडरहरु लायन विपिन सुब्बा, लायन टंककुमारी गुरुङ, लायन कबीर भगत प्रधानांग, लायन सुजेन्द्र गोले तामाङ, लायन कमला लिम्वु, लायन शुभव अग्रवाल लगायतको समेत उपस्थिति रहेको थिया।




