देश

चिनियाँ खोप सिनोभ्याकलाई आपतकालीन प्रयोगका लागि डब्लूएचओको अनुमति

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप सिनोभ्याकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । यसअघि डब्लूएचओले साइनोफार्मलाई प्रयोग अनुमति दिएको थियो ।

चिनियाँ दोस्रो खोपले अनुमति पाएसँगै कोभ्याक्स कार्यक्रममा सहभागी हुने बाटो खुल्ला भएको छ । यसबाट खोपको उपलब्धतामा सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ ।

डब्लुएचओबाट मान्यता पाउनुअघि नै धेरै देशले १८ वर्षमाथिका नागरिकलाई सिनोभ्याक खोप लगाइसकेका छन् । पहिलो डोज लगाएको दुईदेखि चार हप्ताको अन्तरमा दोस्रो खोप लगाउनुपर्ने बताइएको छ ।

नेपालमा भने चीनले भेरोसेल खोप अनुदानमा दिँदै आएको छ । यदि कोभ्याक्स कार्यक्रम अघि बढेमा नेपालले पनि सिनोभ्याक खोप सहयोग पाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *