समाचार

एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् ।

शनिबार र आइतबार भएको अनलाइन मतदानमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सुवेदी ०२१–०२३ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल २० हजार १३८ मतदाता रहेकामा १५ हजार ७६८ मत खसेको थियो । जसमा सुवेदीले ५ हजार ६ सय १८ अर्थात् कुल मतको ३६.१७ प्रतिशत ल्याएका छन् ।

सुवेदीका निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत तथा अर्का प्रतिष्पर्धी डा. अर्जुन बञ्जाडेले चार हजार १४८ मत पाए । अर्का प्रतिस्पर्धी तिलक केसीले भने ५६७ मत ल्याए ।

निर्वाचनमा ७८ दशमलव ३२ प्रतिशत मत खसेको छ । प्रमुख सनर्वाचन अधिकृत विश्वनाथ बराल, आयुक्तहरु कुल आचार्य, शिवराज पौडेल र वासुदेव रहेको निर्वाचन समितिले मतदान सम्पन्न गरी नतिजा सार्वजनिक गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *