समाचार

कोरोना संक्रमणबाट भारतमा ३ लाख २९ हजार १०० जनाको मृत्यु, १ लाख ५२ हजार ७ सय ३४ नयाँ संक्रमित फेला

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड(१९) १ लाख ५२ हजार ७ सय ३४ नयाँ संक्रमित फेला परेका छन् ।

२४ घण्टाको अवधिमा भारतमा ३ हजार १ सय २८ कोरोना संक्रमितको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको स्रोतलाई आधार मानी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार ५ सय ३४ नाघेको छ ।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख २९ हजार १०० जनाको मृत्यु भइसकेको छ । हालसम्म २ करोछ ५६ लाख ९२ हजार भन्दा बढी ब्यक्ति निको भएर घर फर्किसकेका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० लाख २६ हजारमा झरेको छ । अहिलेसम्म भारतमा २१ करोड ३१ लाख ५४ हजार डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएको छ।

समाचार एजेन्सी सिन्ह्वाको सहयोगमा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *