समाचार

भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि, २४ घण्टामा २ लाख ११ हजार २ सय ७५ नयाँ संक्रमित थपिए

काठमाडौ । पछिल्लो अवस्थालाई हेर्दा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको हो । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।

नयाँ संक्रमित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्रमितको संख्यामा भने गिरावट आएको छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्रमित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी पाइएको छ ।भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ । यस्तै कर्नाटकमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा महाराष्ट्रमा पनि नयाँ संक्रमितको संख्या २४ हजारभन्दा बढी छ ।

भारतमा हालसम्म २.७३ करोड मानिस संक्रमित भइसकेका रेकर्ड छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *