गोरखा । गोरखाको बारपाक कोरोना भाइरसको हटस्पट बन्ने देखिएको छ । दुर्गम बारपाकमा कोरोनाबाट एक साताभित्र ६ जनाको मृत्यु भएको छ ।
मंगलबार कोरोना संक्रमित एकजना ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा निधन भएको हो । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका अन्दाजी ८० वर्षका पुरुषको पनि मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये चारजनामा कोरोना पुष्टि भएको थियो । अन्यलाई भने कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोे गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताएका छन् । घना बस्ती रहेकाले पनि बारपाकमा कोरोना संक्रमणदर बढ्दो छ । बारपाकमा लक्षण धेरैलाई देखिए पनि परीक्षण गर्न भने स्थानीयले चासो दिएका छैनन् ।




