काठमाडौ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ। जबकि मे महिनाको पहिलो दिन भारतमा दैनिक संक्रमितको संख्या ३ लाख ९२ हजार ५ सय ७६ जना नयाँ संक्रमित फेला परेका थिए। त्यसपछि क्रमशः बढ्दै गएको संक्रमितको संख्या मे ६ मा सर्वाधिक ४ लाख १४ हजार २ सय ८० पुग्यो। जुन विश्वभरमा एकै दिन फेला परेको सर्वाधिक संक्रमितको संख्या हो।
मे ७ मा ४ लाख ६ हजार ९०१ मा घटेको संक्रमितको संख्या त्यसपछि क्रमशः कम हुँदै गएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
पछिल्लो तथ्याङ्क अनुसार भारतमा २५ लाख ८१ हजार ६८२ सक्रिय संक्रमित छन्। यता संक्रमण घटे पनि भारतमा मृतकको संख्यामा भने उल्लेख्य कमी आएको छैन। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ३ लाख ७ हजार २ सय ४९ पुगेको छ।
ऐजेन्सीको सहयोगमा




