समाचार

भारतमा एकैदिन ४ हजार ४ सय ५४ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । त्यस्तै गत २४ घण्टामा कोरोनाका २ लाख २२ हजार नयाँ संक्रमित थपिएका छन् ।यो सहित भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने २७ लाख २० हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका ३५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा नयाँ संक्रमितको संख्या २६ हजारभन्दा धेरै छ । कर्नाटक र केरलामा २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदा आन्ध्र प्रदेशमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ ।

भारतमा पछिल्लो केही समययता निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आएपनि मृत्युदर भने पनि घट्न सकेको छैन ।

एजेन्सीको सहयोगमा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *