गण्डकी प्रदेश

मनाङ्गेले दोस्रो पटक लिए सपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनङ्गे भनेर चिनिने राजीव गुरुङले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मनाङ्गेलाई वैशाख १६ गते समाजिक विमास मन्त्रालय फुटाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा लेखकुद मन्त्री बनाएका थिए ।

वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उनको पद २९ गते ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङलाई खेलकुद मन्त्रीमा दोहोर्‍याएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *