समाचार

गोबर छ्यापेको आरोपमा नेविसंघका नेता पक्राउ

काठमाडौं । प्रधानमन्त्री र राष्ट्रपतिको संसद् विघटन गर्ने कदमविरुद्ध आन्दोलनका क्रममा नयाँ बानेश्वरबाट नेविसंघका नेता नवराज त्रिपाठी पक्राउ परेका छन् ।

त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेपछि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *