काठमाडौ ।भारतमा कोरोना संक्रकोमित घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार ५९ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ६८ हजार ७८८ जना निको भए भने ३ हजार ८७६ जनाले ज्यान गुमाए भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको आँकडा बढी रहेको छ । बुधबार सक्रिय संक्रमितको संख्या ९६ हजार ६४७ जनाले कम भयो । हाल भारतमा ३१ लाख २५ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् । ११ दिन अघि ९ मेमा यो संख्या सबैभन्दा उच्च ३७.४१ लाख पुगेको थियो । भारतमा कोराना संक्रमित दर भन्दा निको हुनेको दर बढेपछि भारतीय नागरिकले राहात महशुस गरेका छन् ।




