राजनीति

माधव नेपाललाई भेट्न गृहमन्त्री थापा कोटेश्वर

काठमाडौं । गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादल पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न पुगेका छन् ।

नेता नेपालको निवास कोटेश्वरमा थापा आसन्न राष्ट्रिय सभा निर्वाचनको बारेमा छलफल गर्न पुगेको बुझिएको छ ।

यही जेठ ६ गते राष्टियसभाको उपनिर्वाचनमा एमालेबाट उम्मेद्धवार बनेका थापा चुनावमा आफूलाई सघाउनको लागि आग्रह गर्न नेता नेपालको निवासमा पुगेको बताईएको छ ।

यसअघि नेता नेपालसहितको सहमतिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट संघीयता विज्ञ डा. खिमलाल देवकोटा उम्मेद्धवार बनेका छन् । उनी नेता नेपालनिकट मानिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *