देश

बागलुङमा एक हप्ताभित्र एकै परिवारका तीनजनाको मृत्यु, जसले खाएका थिए बिहेभोज

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर तीव्र फैलिएपछि सरकारले झन्डै देशभर निषेधाज्ञा लगाएको छ । तर, पनि अहिले गाउँघरमा बिहेभोज, पार्टी चलिरहेका छन् ।

यस्तै बिहेभोज खाने बागलुङको बडिगाड गाउँपालिकामा एकै परिवारका तीनजनाको एक हप्ताभित्र मृत्यु भएको छ।

कोभिड संक्रमणबाट ८७ वर्षिय पिताको निधन भएको एक सातापछि दुई छोराको कोरोनाबाटै मृत्यु भएको हो।

धौलागिरी अस्पतालमा उपचारत बडिगाड गाउँपालिका–४ का ४० वर्षको पुरुषको बिहीबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए। बुटवल बस्दै आएका ५२ वर्षीय जेठो छोराको भने गण्डकी अस्पताल पोखरामा उपचारकै क्रममा बिहीबार राति नै मृत्यु भएको हो। उनी भारतीय सेनाबाट दुई महिना अघि मात्रै अवकाश लिएर आएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *