गण्डकी प्रदेश

गण्डकीमा थप ११ जना संक्रमितको मृत्यु

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप ११ जनाको ज्यान गएको छ ।

विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घन्टामा पोखराको विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होम आइसोलेसनमा एक जनासहित ११ जना संक्रमितको मृत्यु भएको हो ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा निधन भएको छ । त्यसैगरी पोखरा महानगरपालिका–६ की ३२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–९ का ५२ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

त्यस्तै स्याङ्जाको भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–१ का ५७ वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा मृत्यु भएको छ । उनमा वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–१६ का ६० वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको छ । रुपन्देहीको बुटवल नगरपालिका–११ का ५५ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा उपचरका क्रममा मृत्यु भएको छ । पोखरा महानगरपालिका–२१ का ८० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८७ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *