समाचार

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी पुरा(फोटो फिचर)

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्माले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जानकारी दिएको छ ।

विश्वासको मत लिने क्रममा तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ । जसमा हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै कोभिड संक्रमित सांसदहरुका लागि ल्होत्सेहलमा मतदानको व्यबस्था रहेको छ ।अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् भने त्यसपछि दलका शीर्ष नेताहरुले छोटो मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

त्यसपछि प्रधानमन्त्रीले जवाफ दिएपछि मत विभाजनको प्रक्रिया सुरु हुने संसद सचिवालयले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *