कोशी प्रदेश

लायन्स क्लब सिंहदेवी धरानमा सुजेन्द्र

धरान। लायन्स क्लब अफ सिंहदेवी धरानको अध्यक्षमा सुजेन्द्र तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । यस अघि द्धितिय उपाध्यक्ष रहेका उनलाई जुम प्ल्याटफर्म मार्फत भएको भेलाले सन् २०२१–२०२२ का लागि अध्यक्ष चयन गरेको हो । भेलाले प्रथम उपाध्यक्षमा सन्ध्या श्रेष्ठ, द्धितिय उपाध्यक्षमा जयप्रकाश शर्मा, तृतिय उपाध्यक्षमा झुमादेवी राई, सचिवमा पञ्चकला राई, कोषाध्यक्षमा मनोज अग्रवाल र सहसचिवमा रमिता श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ भने सदस्यहरु भने बैठकवाटै मनोनित गरिने जनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष तामाङले उपचारत अवस्थामा रहेको प्रथम उपाध्यक्ष सन्ध्या श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लायन्स क्लबको सिद्धान्त, उद्देृश्य, लक्ष्य, मूल्य र मान्यता बमोजिम समाज सेवाका कार्यहरुमा लायन्स क्लब अफ सिंहदेवीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण जुम प्ल्याट फर्म मार्फत भेला आयोजना गरिएको बताउंदै आफ्नो कार्यकालमा अतुलनीय सहयोग गरेको भन्दै क्लबका सबै पदाधिकारी, सदस्य र सल्लाहकारहरुलाई धन्यवाद व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *