काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन । पहाडीको ७७ वर्षका उमेरमा बुधबार राति भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो ।
पूर्वप्रधानमन्त्री देउवाले आज शोक विज्ञप्तिमार्फत पहाडीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको सक्रिय भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन। पहाडी २०५१ सालको संसदीय निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पहाडी आपूर्ति र वन तथा भूसंरक्षणमन्त्री र कानून राज्यमन्त्रीसमेत हुनुभएको थियो ।
सम्बन्धित समाचार
५ चैत्र १२:१४
८ चैत्र १८:१८




