काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल–माधव कुमार नेपाल समूहका थप ३ जना सांसद्हरुलाई स्पष्टीकरण सोधेका छन् ।
प्रधानमन्त्री ओलीका तर्फबाट केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले ३ सांसद्लाई स्पष्टीकरण सोधेका हुन् ।
सांसदहरुमा समिना हुसेन, कालिका खातुन र गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले बताए ।




