काठमाडौँ । नेकपा एमालेले तहगत महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
वैशाख ६, १० र १२ गते बसेको पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट गरिएको निर्णयहरु सहितको अन्तरपार्टी निर्देशन जारी गर्दै तहगत अधिवेशनको मिति तोकिएको हो । प्रतिवेदनमा उल्लेख योजना अन्तर्गत वडा अधिवेशन २०७८ भदौ ५ गते तोकिएको छ भने पालिका अधिवेशन भदौ १५, जिल्ला अधिवेशन भदौ ३० र प्रदेश अधिवेशन असोज २३ गतेका लागि तोकिएको छ । महाधिवेशन भने यसअघि नै मंसिर २ देखि ६ सम्म तोकिएको छ ।




