काठमाडौं । आगलागीका कारण रोल्पामा ३१ घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका–२ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घरगोठ जलेर क्षति भएको हो।
प्रारम्भिक तथ्यांकमा २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए । रामपुर गाउँ र चेत्रे गाउँको जंगलमा लागीरहेको आगो नियन्त्रणमा लिनको लागि गाउँले र सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको भए पनि आगो नियन्त्रण बाहिर गएको स्थानीयले बताए ।
आगलागीमा परी २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् । सोही वडाको पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँ र जंगलमा पनि तीन दिनदेखि आगलागी भइरहेको छ ।




