काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा आज दिनको २ बजे बस्ने भएको हो ।
कोरोना भाइरसको जोखिम बढेका कारण वैशाख १३ गते बोलाईएको बैठक स्थगित गरेर पीसीआर परिक्षण गरेको थियो । कोरोना भाइरसको जोखिम बढिरहेको बेला कांग्रेसले केन्द्रीय सदस्यहरुको पीसीआर परिक्षण गरेर रिपोर्ट आएपछि मात्र केन्द्रीय समिति बैठक बस्ने टुंगो गरेको हो । केही केन्द्रीय सदस्य र केही पार्टी कार्यालयका कर्मचारीको पीसीआर रिपोर्ट पोजेटिभ आएको बुझिएकाे छ। पोजेटिभ रिपोर्ट आएकाहरु भने बैठकमा सहभागी हुने छैनन ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, क्रियाशील सदस्ता, कोरोना महामारीपछि उत्पन्न परिस्थिति आदि एजेण्डमा छलफल हुने बुझिएको छ ।
माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा) प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न तत्पर भए सरकारको नेतृत्व लिने कुरामा कांग्रेस स्पष्ट छ ।




