काठमाडौं । भारतीय सीमा नजिक भएकाले बाँके जिल्ला र नेपालञ्ज क्षेत्र वरिपरि कोरोना भाइरस हटस्पट बन्दै गएको छ । परीक्षण गराउने ७० देखि ९० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।
स्थानीय खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी, डाक्टर र नर्सहरूको पीसीआर परिक्षणमा ९० प्रतिशत रिपोर्ट पोजिटिभ देखिएको छ ।
अस्पतालले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा बिरामीको सेवामा खटिएका कर्मचारीहरू नै कोभिड १९ बाट प्रभावित भएको अवस्थामा अस्पतालले बिरामीहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै २०७८ बैशाख १२ देखि ऐ १८ गतेसम्म इमरजेन्सीबाहेकका सबै सेवाहरू बन्द गरिएको छ ।’




