काठमाडौं । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोग गरेको छ । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले रंगाशाला निर्माणका लागि रु ५० हजार रुपैयाँ सहयोग गरेको हो । युनियनको आठौं स्थापना दिवसको अवसरमा अभियानलाई सहयोग उपलब्ध गराएको युनियनका अध्यक्ष विकास बखतीले जानकारी दिए ।
युनियनले सहयोग शनिबार धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष बखतीले फाउन्डेसनी अध्यक्ष कुञ्जना घिमिरेलाई शनिबार हस्तान्तरण गरेका हुन । नेपाल आयल निगम स्वतन्त्र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई पनि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।




