काठमाडाै । नेपाल तरूण दलले प्रदेशहरूमा गर्न लागेको भेला स्थगित गरेको छ।
कोरोनाभाइरस महामारी बढेपछि भेला हालका लागि स्थगित गरिएको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए।
भेलाहरू रोक्न सबै जिल्ला सभापतिलाई परिपत्र गरेको उनले बताए।
गण्डकी प्रदेशमा वैशाख १२ र १३ मा भेला थियो। यस्तै प्रदेश नम्बर २ स्थित बारामा जेठ १ र २ गते भेला राखिएकोमा स्थगित गरिएको अध्यक्ष बस्नेतले जारी गरेका परिपत्रमा जनाइएकाे छ ।

कोरोना महामारी कम भएपछि भेला गर्ने जानकारी केन्द्रबाट दिइने तरूण दलले जनाएको छ।




