राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजपनि बस्दैछ ।

मंगलबारदेखि शुरु भएको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

आजको बैठकमा केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिर्पोटिङ गर्नेछन् ।

त्यस्तै स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीको विधान संशोधन, वर्तमान सरकारलाई दिएको समर्थन लगायतका विषयमा पनि छलफल हुने नेता श्रेष्ठले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *