काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माण बारे छलफल हुनेछ ।यसअघि सोमबार बोलाइएको बैठक अन्य राजनीतिक दलसँगको छलफलका कारण स्थगित भएको थियो ।




