सुर्खेत । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेका एमालेको माधव नेपाल समूहका तीन जना मन्त्रीले शपथ लिएका छन ।
प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढालाई प्रदेश प्रमुखले शपथग्रहण गराएका हुन् ।
उक्त समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही , सभामुख राजबहादुर शाहीलगायतका उच्च पदस्थ अधिकारीको उपस्तिथि थियो ।




