काठमाडौं । प्रदेश १ को सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव रोक्न हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
यहि माघ ७ गतेदेखि सुरु भएको प्रदेशसभाको सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जानकारी दिए ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो ।




