देश

टिकटक बनाउन भन्दै कर्णालीमा हामफालेका तीनमध्ये एक विद्यार्थी बेपत्ता

काठमाडौं । टिकटक बनाउन भन्दै कर्णाली चिसापानी पुलबाट हामफालेका एक विद्यार्थी बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार कैलालीको लम्किचुहा नगरपालिका–२ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् । उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले बताएको छ ।

उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक बिष्टले जानकारी दिए ।

यस्तै, १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन् । छातीमा चोट लागेको उनलाई नेपालगञ्‍ज उपचारका लागि लगिएको छ ।
उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंहको भने सकुशल उद्धार गरिएको छ । उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *