पाल्पा। पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत तानसेन–३ की ७२ वर्षीया महिलाको शनिबार बेलुका मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ती महिला श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेडिकल कलेज भर्ना भएकी थिइन् । योसँगै पाल्पामा कोरोना संक्रमितका मृत्यु हुने संख्या ३८ पुगेको छ ।




