समाचार

कोभिड बिरुद्धको खोपलाई थप सर्वसुलभ बनाउ : प्रधानमन्त्री खान

सिन्ह्वा । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गर्नुभएको छ ।    
सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उनले यस्ता आग्रह गरेका हन् । उनले  हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको पनि टिप्पणी गरे।    
    
प्रधानमन्त्री खानले सो भर्चुअल सम्मेलनमा भने , विश्वमा अहिले भ्याक्सिनजस्तो अति आवश्यकताको वस्तुको उपलब्धताको बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको छ ।     
    
उक्त समूहको १० औं सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री खानले कोभिड १९ का विरुद्धमा हाल विश्वमा प्रयोगमा आइरहेको खोपको उपलब्धतालाई अझ सरल र विश्वमा अति आवश्यकताको वस्तुका रुपमा सबैले पाउनुपर्ने बताए ।    
    
यस कार्यका लागि डि८ जस्तो समूह र यसका सबै सदस्य देशहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उनले दिए । उनले

 कोभिडका कारणले विश्वको अर्थतन्त्र गम्भीर अप्ठेरो अवस्थामा पुगेकोले त्यसलाई पुनप्राप्तिका लागि पनि यस समूहले भूमिका खेल्नुपर्ने बताए ।

    
    
त्यसका अतिरिक्त विश्वका कतिपय देशमा यो खोपको उपलब्धता निकै कमजोर भएकोले यस समूहका सदस्यहरुले औषधि जस्तो विषय विश्वका सबै देशका नागरिकले पाउन सकुन भनेर त्यस बारेमा लाग्नुपर्ने धारणा बताए ।      
    
उहाँले विश्वमा हाल कोभिडका कारणले ह्रास भएको अर्थतन्त्रका कारण धेरै क्षेत्रमा प्रभाव पारिरहेको पनि बताउनुभयो । त्यसका लागि पनि यो डि८ समूहले ध्यान दिनुपर्ने बताए ।    
डि८ समूहमा बंगलादेश, पाकिस्तान, टर्की, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सदस्य रहेका छन् । बिहीबार आयोजना गरिएको १०औँ सम्मेलनको आयोजक राष्ट्र बंगलादेश रहेको थियो ।    
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *